Home » » इङलिस प्रिमियर लिगमा सिटीको उत्कृष्ट प्रदर्शन जारी

इङलिस प्रिमियर लिगमा सिटीको उत्कृष्ट प्रदर्शन जारी

Written By Unknown on Sunday, August 30, 2015 | 5:39 AM

भदौ १३ 
इङलिस प्रिमियर लिगमा म्यान्चेष्टर सिटीले उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ । लिगका पहिला ४ खेल सकिदा सिटी शतप्रतिशत नतिजा निकाल्दै लिग तालिकाको पहिलो स्थानमा कायमै रहेको छ । प्रतियोगिता अन्तर्गत शनिबार राती भएको खेलमा सिटीले वाटफोर्डलाई २ शुन्यले पराजित गर्यो ।
सिटीको जितमा लिभरपुलबाट यसै सिजन सिटी गएका स्ट्रलिङ र फर्नाण्डिनोले समान १–१ गोल गरे । दुबै गोल दोश्रो हाफमा भएको थियो । जितसँगै सिटी ४ खेलमा १२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलमा ९ अंक जोडेको क्रिष्टल प्यालेस दोश्रो स्थानमा रहेको छ । त्यस्तै आइतबार रातीनै भएको खेलमा आर्सनलले न्यूक्यासललाई पराजित गर्यो । ४ खेलमा ७ अंक जोडेको आर्सनल चौथो स्थानमा रहेको छ ।
आइतबार रातीनै भएको खेलमा वेस्टब्रोमले स्टोक सिटीलाई हरायो भने एस्टन भिल्ला र सस्डरल्याण्ड, बोर्नीमाउथ र लिसेस्टर सिटी तथा टोटेनह्याम र एभर्टनले बराबरी खेल्दै अंक बाडेका छन् ।
 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC