भाद्र १३

यता महतोले बन्द नगर्न बिहानैदेखि दबाब दिँदै आएको समूहले आफ्ना कार्यकर्तामाथि कुटपिट भएको आरोप लगाए । व्यवसायीको नाममा थारु समुदायको शान्तिपूर्ण बन्द कार्यक्रमलाई हिंसात्मक बनाउन घुसपैठ भएको उनले बताए । मदिरा सेवन गरेर बन्द कार्यक्रम विथोल्न पुगेका समुहले पटक–पटक थारु कार्यकर्तामाथि अपशब्द प्रयोग गर्दै बन्द कार्यक्रम सफल बनाउन बसेका कार्यकर्तामाथि खनिएपछि थारु युवाहरु पनि उनीहरुमाथि खनिन पुग्दा झडपको स्थिति सिर्जना आन्दोलन समितिका प्रवक्ता टिकेन्द्र चौधरीले बताउनुभयो । शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक बनाउन भिजिलात्नेहरु परिचालन भएकाले थारु बन्दकर्ताहरु यो विषयमा उच्च सतर्कतामा रहेको समेत उहाले स्पष्ट पार्नुभयो ।उता उद्योग बाणिज्य संघ चितवनले थारुहरुको बन्द कार्यक्रम विथोल्ने कुनैपनि आधिकारीक निर्णय नभएको स्पष्ट पारेको छ ।
संघका कार्यवाहक अध्यक्ष सहनलाल प्रधानले आधिकारीक निर्णय विना संघको नाम जोडेर प्रतिकारमा उत्रीएको कार्यप्रति उद्योग बाणिज्य संघले आफ्नो गम्भिर ध्यानकर्षण भएको बताए । कार्यवाहक अध्यक्ष प्रधानले संघको आधिकारी निर्णय विना संघको नाम जोडिएर प्रतिकारमा उत्रीएको विषयमा आफुहरुको ध्यानकर्षण भएको बताउनुभयो ।बन्दका कारण विहानै देखि चितवनको जनजीवन प्रभावित बनेको छ । सवारी साधन सहज सञ्चालन नभएपछि लामो दूरीका सवारी साधनलाई सुरक्षा दिएर गन्तव्यतर्फ पठाइएको छ । बन्दले कलकारखाना, बजार, शैक्षिक संस्थासमेत ठप्प बनेका छन् । चितवनलाई प्रादेशिक राजधानी बनाउनुपर्ने, विगतमा भएका थारुसँगको सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै चितवनका थारु समुदाय आन्दोलित बनेका हुन् ।
Post a Comment