Home » » बालिनालीमा प्रयोग हुने फोरेट नामक घातक विषादीमा प्रतिबन्ध

बालिनालीमा प्रयोग हुने फोरेट नामक घातक विषादीमा प्रतिबन्ध

Written By Unknown on Monday, August 3, 2015 | 10:55 PM

साउन १९ 
सरकारले बालिनालीमा प्रयोग हुने फोरेट नामक घातक विषादीमा प्रतिबन्ध लगाएको छ । एक वर्ष अघि नै यो विषादीमा प्रतिबन्ध लगाउने भनिए पनि सरकारले प्रतिबन्ध  लगाउन सकेको थिएन । फोरेट नामक विषादी अब प्रयोग गर्न र बिक्री वितरण गर्न नपाइने बालि संरक्षण निर्देशनालयले जनाएको छ । गएको असार महिनाको अन्तिमदेखि बिक्री गर्न नपाइने गरी प्रतिबन्ध लगाएको  निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले बताउनुभयो । किसानले चेतनाको अभावमा फोरेट नामक घातक विषादीको जथाभावी प्रयोग गर्न थालेको पाइएपछि प्रतिबन्ध लगाएको उहाँले जानकारी दिनुभयो । किसानले बालि लगाउनु अघि माटोमा यो विषादी मिसाउने गरेका छन् । यो विषादीका कारण क्यान्सर, पक्षघात जस्ता गम्भीर रोग लाग्ने खतरा धेरै हुन्छ । सरकारले फोरेट सहित अहिलेसम्म १६ वटा विषदीको प्रयोग र कारोबारमा प्रतिबन्ध लगाएको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC