Home » » ग्रीसका प्रधानमन्त्रीले राजीनामा दिए

ग्रीसका प्रधानमन्त्रीले राजीनामा दिए

Written By Unknown on Friday, August 21, 2015 | 5:37 AM


भदौ ४ 
ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले राजीनामा दिएका छन् । उनले तत्काल मध्यावधि चुनाव गराउने घोषणा पनि गरेका छन् । युरोपेली ऋणदातासँग ग्रीसले तेस्रो राहत प्याकेज सम्झौता गरेको भन्दै आफ्नै पार्टी सिरिजामा विरोध भएपछि गत जनवरीमा मात्रै प्रधानमन्त्री बनेका उनले पदबाट राजीनामा दिएका हुन् । ग्रीसलाई शुक्रबार पहिलो किस्तास्वरुप १३ अर्ब युरो प्राप्त भएको छ । तर, सम्झौताका लागि खर्चमा कटौती तथा कर बढाउने सर्तमा उनको पार्टीका अन्य नेता तथा कार्यकर्ता रिसाएका थिए । ग्रीसलाई आगामी तीन वर्षभित्र युरोपले ८६ अर्ब युरो ऋण प्राप्त हुने छ । प्रधानमन्त्री एलेक्सिसले टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । उनले पहिलो किस्ता ऋण प्राप्त भएको र अब ग्रीसका जनताको फैसलाबारे जान्नु आफ्नो नैतिक जिम्मेवारी भएको बताए । उनले आफ्नो सरकारको कार्यक्रम चलाउनका लागि जनमत अपर्याप्त भएको भन्दै त्यसको अपेक्षासमेत गरेको बताएका छन् । पदबाट राजीनामा दिए पनि मध्यावधि चुनावअघिसम्म उनकै नेतृत्वमा अन्तरिम सरकारले ग्रीसमा शासन गर्ने छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC