Home » » भैरहवामा निशेध आज्ञा आदेश जारी

भैरहवामा निशेध आज्ञा आदेश जारी

Written By Unknown on Saturday, August 22, 2015 | 5:36 AM



भदौ ५
आज शनिबार विहान ११ बजे देखि बुधबार ९ गते साँझ ६ बजे सम्मका लागि भैरहवा क्षेत्रमा निशेध आज्ञा आदेश जारी गरिएको छ । सिद्धार्थनगर नगरपालिका र आसपासका क्षेत्रमा यस समयमा कुनैपनि कार्यक्रमहरु नहुने, एक ठाउँमा ५ जना भन्दा बढी व्यक्ति भेला भएर नबस्ने लगायतको आदेश दिईएको प्रमूख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकाले जानकारी दिनुभयो । विगत करिब १० दिन देखि थारुहट संघर्ष समिति र संयुक्त मधेशी मोर्चाले आह्वान गरेको तराई बन्दका क्रममा बिहिबार भैरहवामा भएको झडप र तोडफोडको स्थितिलाई सामान्य पार्नको लागि निशेध आज्ञा आदेश जारी गरिएको प्रमूख जिल्ला अधिकारी ढकालले बताउनु भयो । पुर्वमा परासी रोडको वाईपास रोड सम्म, पश्चिममा एयरपोर्टको मायाँदेवी चोक, उत्तरमा पडसरी र दक्षिणमा बेलहिया सम्मको क्षेत्रमा निशेध आज्ञा आदेश जारी गरिएको जिल्ला प्रसाशन कार्यालयका बरिष्ठ लेखा अधिकृत सुरेन्द्र बस्यालले जानकारी दिनुभयो । यसैबीच आज भैरहवामा विहान ११ बजे लुम्बिनीगेटबाट सद्भाव रयाली निकालिने कार्यक्रम पनि स्थगित गरिएको छ । थारु कल्याणकारी सभा, सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन, सिद्धार्थ यातयात, जेसीआई सिद्धार्थ, सामुहिक विद्यालय परिवार, सामुदायिक विद्यालय परिवार लगायतका संघसंस्थाको आयोजनामा समाजमा समाजमा भाइचारा भातृत्व र मेलमिलाप कायम गर्ने साथै शान्ति र सद्भाव कायम गर्ने उदेश्यले निकाल्न लागिएको रयाली पनि स्थगित गरिएको हो । 

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC