भदौ ५

यो सिजनको स्पेनिस लिग ला–लिगा फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सेभिया र मालागाले गोलरहित बराबरी खेलेका छन् । शुक्रबार राति सम्पन्न सिजनको पहिलो खेलमा दुबै टोलीले प्राप्त अवसरहरु सदुपयोग गर्न नसक्दा अंक बाँडेका हुन् । लिगमा शनिबार चार खेल हुँदै छन् । नेपाली समयअनुसार राति सवा १० बजे डेपोर्टिभो लाकोरुनियाले आफ्नै मैदानमा रियाल सोसिडाडसँग तथा स्पानियोलले आफ्नै मैदानमा गेटाफेसँग खेल्दैछ । यस्तै, राति सवा १२ बजे उपाधि दाबेदार एथ्लेटिको मड्रिडले आफ्नै मैदानमा नवप्रवेशी टोली लस पलमससँग खेल्दा राति ९आइतबार बिहान० सवा २ बजे हुने खेलमा रायो भाएकानोले आफ्नै मैदानमा भ्यालेन्सियासँग खेल्ने कार्यक्रम छ ।
Post a Comment