भदौ ८

सीमा क्षेत्रमा भएको माइन विष्फोटमा आपनो दुई सैनिक घाईते भएपछि दक्षिण कोरियाले उत्तर कोरिया विरुद्ध यस्तो प्रचारवाजी सुरु गरेको थियो । वार्ता अघि माइन आफुले नराखेको दाबी गरेको उत्तर कोरिया वार्ता पछि भने माइन विष्फोट प्रति दुःख व्यक्त गर्न तयार भएको छ । यस्तै अर्ध युद्धको स्थिति घोषणा अन्त्य गर्दै आपना सेनालाई फ्रन्टलाइनबाट हटाउन पनि उत्तर कोरिया सहमत भएको छ । दुवै कोरियाबीच सन् १९५० देखी १९५३ सम्मको कोरियाली युद्धका कारण अलग भएका परिवारहरुको पूनर्मिलनका लागि पनि सहमत भएका छन् ।तर दक्षिण कोरियाका रक्षामन्त्री किम मिन सिओकले उत्तरबाट हुन सक्ने कुनै पनि उत्तेजनापूर्व व्यवहार विद्ध आफ्नो सुरक्षा अवस्था चुस्त राखिने बताएका छन् । गैर सैन्य क्षेत्रभित्र अवस्थित पान्मान्जोम गाउमा भएको वार्तामा दुवै मुलुकका शिर्ष अधिकारीको सहभागिता रहेको थियो ।
Post a Comment