Home » » इन्डोनेसियाको विमान बेपत्ता

इन्डोनेसियाको विमान बेपत्ता

Written By Unknown on Sunday, August 16, 2015 | 5:40 AM

श्रावण ३१ 
इन्डोनेसियाका अधिकारीहरुले इन्डोनेसियाको एक विमान पपुआमा बेपत्ता भएको जनाएका छन् । विमानमा ५४ जना सवार थिए । पपुआको प्रान्तीय राजधानी जयापुराबाट उडान भरेर दक्षिणी सहर ओक्सिबिल गइरहेको ‘ट्रिगाना’ एअरको उक्त विमानको सम्पर्कविच्छेद भएको हो । विमानमा ४४ जना वयस्क, ५ जना बालबालिका र ५ जना चालक दलका सदस्य सवार रहेको बताइएको छ । इन्डोनेसियाको खोजी तथा उद्धार एजेन्सीले ट्रिगाना एअर सर्भिसको विमान बेपत्ता भएको जानकारी ट्वीटरमा दिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC