Home » » नवलपरासी र मकवानपुरका ४ उमावि खारेज

नवलपरासी र मकवानपुरका ४ उमावि खारेज

Written By Unknown on Monday, August 3, 2015 | 4:00 AM

साउन १८
उच्च माध्यमिक शिक्षा परिषदले देशभरिका ३९ वटा उच्च माविको सम्बन्धन आज खारेज गरेको छ । खारेज हुनेमा सबैभन्दा धेरै ललितपुरका छन् । दुई वर्षभन्दा बढी समयदेखि उच्च मावि तहका कक्षा सञ्चालन नगरेका ७१ वटा उच्च माविलाई परिषदले गत असार ७ गते सार्वजनिक सूचना निकालेर १५ दिनभित्र स्पष्टीकरण मागेको थियो । तर स्पष्टिकरण नदिएका उच्च माविको सम्बन्धन खारेज गरिएको उच्च माध्यमिक शिक्षा परिषद सम्वन्धन शाखा प्रमुख गोविन्द खनियाँले जानकारी दिए । यसपटकको खारेजीमा चितवनका कुनै पनि उच्च मावि परेनन् । छिमेकी जिल्ला नवलपरासी र मकवानपुरका गरि ४ वटा उच्च मावि खारेजीमा परेका छन् । खारेजीमा पर्नेहरुमा नवलपरासीका सालबास सनराई इङलिस उमावि तिलकपुर– २ र दाउन्ने इङलिस बोर्डिङ उमावि, माकर–४ रहेका छन् । यी दुवै उच्च मावि नीजि हुन् । यस्तै मकवानपुरका हेटौंडा एकाडेमी उमावि हेटौंडा र ज्ञानदिप शिक्षा निकेतन उमावि हेटौंडा रहेका छन् । यी पनि दुवै नीजि हुन् । यसैगरि पश्चिमका ६ वटा उच्च मावि समेत खारेजीमा परेका छन् । खारेजीमा पर्नेमा रुपन्देही, प्युठान, रुकुम, बर्दिया, सुर्खेत र कञ्चनपुरका एक–एक वटा उच्च माविहरु रहेका छन् ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC