भदौ १५
इजिप्टमा हुने राष्ट्रपति पदका लागि मंगलबार(आज) उम्मेदवारी दर्ता हुने भएको छ । उम्मेदवारी दर्ताका लागि १२ दिनको समयसीमा दिइएको छ । आगामी अक्टोबर १८ तारिख हुने निर्वाचन दुई चरणको हुनेछ । इजिप्टमा रहेको २७ प्रान्त मध्ये अक्टोबर १८ मा पहिलो चरणको र १९ अक्टोबरमा दिन दोस्रो चरणको मतदान हुनेछ ।
यसका लागि सर्वोच्च अदालतका न्यायाधीश आइमान अब्बासको नेतृत्वमा निर्वाचन कमिटी गठन गरिएको छ । इजिप्ट गत तीन बर्षदेखि संसद विहीन छ । पछिल्लो समय सन् २०११ मा आमनिर्वाचन भई त्यहाँका नेता मोहमद मुर्सी राष्ट्रपतिमा निर्वाचित भएका थिए । सो निर्वाचित संसद्लाई सन् २०१२ मा सर्वोच्च अदालतले विघटन गरेपछि सेनाले शक्ति हातमा लिएको थियो । त्यसपछि सैनिक जर्नेल सिसी राष्ट्रपति बनेका थिए ।
Post a Comment