Home » » युक्रेनको संसद भवनमा प्रदर्शनकारी प्रवेश गर्न खोजेपछि तनाव

युक्रेनको संसद भवनमा प्रदर्शनकारी प्रवेश गर्न खोजेपछि तनाव

Written By Unknown on Monday, August 31, 2015 | 10:21 PM

भदौ १५ 
युक्रेनमा सरकारबिरुद्ध भएको प्रदर्शनका क्रममा एक प्रहरी अधिकृतको मृत्यु भएको छ । राजधानी केभस्थित संसद् भवन घेर्न प्रदर्शनकारीहरुको ठूलो समूह अघि बढेपछि प्रहरीसँग झडप भएको हो । युक्रेनको संसद्मा रुससँग जोडिएका राज्यलाई स्वायत्तता दिने विषयमा बहस चलिरहेको संकेत पाएका प्रदर्शनकारीहरु संसद् भवन प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण भएको हो । प्रहरीले प्रदर्शनकारीका तर्फबाट ग्रिनेडसमेत प्रहार भएको जनाएको छ । झडपमा केही प्रहरी घाइते भएका छन् । प्रहरीले भने प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रु ग्यासमात्र प्रयोग गरिएको जनाएको छ । यता रुससमर्थक विद्रोहीको नियन्त्रणमा रहेका दुई राज्य दोनेत्सक र लोहान्सलाई स्वायत्तता दिने विषयमा भएको बहसमा ४५० सांसदमध्ये २६५ सांसदले समर्थन गरेका छन् । युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले विरोध प्रदर्शनलाई ‘पिठ्युँमा छुरा हान्ने कार्य’ भनेका छन् । 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC