Home » » निरन्तरको बन्दले कालोबजारी बढ्यो, मजदुरहरु मारमा

निरन्तरको बन्दले कालोबजारी बढ्यो, मजदुरहरु मारमा

Written By Unknown on Sunday, August 30, 2015 | 4:41 AM

 भदौ १३ 
 संयुक्त मधेसी मोर्चा र थरुहट संघर्ष समितिले गरेको दुई साता लामो बन्दले तराईको जनजीवन चौपट बनेको छ ।थरुहट संघर्ष समितिको आन्दोलन २० दिनदेखि जारी छ भने संयुक्त मधेसी मोर्चाको आन्दोलन १६ औं दिनमा पुगेको छ ।बन्दका कारण यातायात सञ्चालन नहुँदा तराईका जिल्लाका सर्वसाधारण नराम्ररी मारमा परेका छन् । दिनभरी ज्यालादारी गरेर गुजारा चलाउनेहरु बन्दबाट बढी मारमा परेका छन् ।उपभोग्य बस्तुको भाउ ह्वात्तै बढेको छ भने बन्दकर्ताले पेट्रोल पम्पसमेत खोल्न नदिँदा बजारमा इन्धन अभाव र कालोबजारी मौलाएको छ ।थरुहट आन्दोलनका कारण चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायत जिल्लामा बन्द र प्रदर्शन जारी छ भने संयुक्त मधेसी मोर्चाको आन्दोलनबाट सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनजीवन प्रभावित बनेको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC