Home » » फिलिपिन्समा शक्तिशाली आँधीमा परी २६ को मृत्यु

फिलिपिन्समा शक्तिशाली आँधीमा परी २६ को मृत्यु

Written By Unknown on Tuesday, August 25, 2015 | 5:09 AM


 भदौ ८ 
फिलिपिन्समा आएको शक्तिशाली आँधीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ । उत्तरी फिलिपिन्समा आएको शक्तिशाली आँधी गोनीका कारण दुर्गम गाउँ मन्कायानमा पहिरो गएको छ । पहिरोमा परेका १३ जनालाई भने उद्धार गरिएको छ । आँधीका कारण फिलिपिन्सका अधिकांश सहरको जनजीवन प्रभावित हुनुका साथै शैक्षिक संस्था, यातायात र हवाई सेवासमेत अवरुद्ध बनेको छ । आँधी प्रभावित सयौं सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ । आँधीले ठाउँ–ठाउँमा बिजुलीका पोल ढलेकाले बिजुली आपूर्ति बन्द भएको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC