भदौ १७
नेपाल ओलम्पिक कमिटी ९एनओसीको ०को अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । विहीबार भएको एनओसीको चुनावमा १७ मत ल्याएर श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी उमेशलाल श्रेष्ठले ९ मत प्राप्त गरे । यस्तै, छिमिउर्केन गुरुङलाई पराजित गर्दै लामा टेण्डी शेर्पा एनओसीको महासचिवमा निर्वाचित भए । सहमहासचिवमा राजीव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ र उनका प्रतिष्प्रर्धी चतुरानन्द वैद्यले समान १३–१३ भोट नै ल्याएपछि गरिएको गोलाप्रथामा श्रेष्ठले बाजी मारेका हुन् ।एनओसीमा चार उपाध्यक्ष र कोषाध्यक्ष भने निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षहरुमा धीरेन्द्र प्रधान, ज्योति राणा, पुरेन्द्रविक्रम लाखे र राजेन्द्र वान्तवा तथा कोषाध्यक्षमा रतन टण्डन निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, एनओसीको सदस्यहरुमा सन्जीब तुलाधर, रमेश श्रेष्ठ, निलेन्द्र श्रेष्ठ, तेज गुरुङ, दीपकहर्ष बज्राचार्य, सुनिलकुमार श्रेष्ठ, अशोकरत्न बज्राचार्य, सलिम मिया अन्सारी र आङ टेण्डी शेर्पा विजयी भएका छन् । चार वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएपछि श्रेष्ठले ओलम्पिक गतिविधिलाई व्यापक बनाउँदै सबै सरोकारवाला पक्षहरुलाई समेटेर अघि बढ्ने प्रतिक्रिया दिए । यसअघि, गत साउन २१ गतेको लागि तय भएको निर्वाचन विधि नपुगेको भन्दै केही प्रतिनिधिहरुले विरोध गरेपछि स्थगित गरिएको थियो ।
Post a Comment