
वीरगञ्जमा जारी गरिएको कर्फ्यू आज बिहान ९ बजेदेखि १२ बजेसम्म हटाइने भएको छ । हिन्दुहरुको चाड कृष्णाजन्मअष्टमी परेको तथा वीरगञ्जको अवस्था सामान्य बन्दै गएकाले तीन घन्टाका लागि कर्फ्यू हटाइएको पर्साका एसपी दीवेश लोहनीले जानकारी दिनुभयो । हिजो अस्तिदेखि अवस्था पनि सामान्य बन्दै गएको छ । सँधै कर्फ्यू लगाएर हुँदैन । विस्तारै हटाउने नै हो । त्यही भएर ९ देखि १२ बजेसम्म कर्फ्यू हटाइएको छ । यद्यपी दंगा क्षेत्र भने कायमै रहेको लोहनीले जानकारी दिनुभयो । उक्त समय दैनिक जीवनयापनका क्रियाकलाप गर्न पाइने बताइएको छ । प्रहरी र प्रदर्शनकारीबीच सोमबार दिउँसो नगवा चोकमा झडप भएपछि स्थितिलाई नियन्त्रणामा लिन तथा अवस्था सामान्य बनाउन अपरान्ह चार बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको थियो । प्रदर्शनका वीरगञ्जमा पाँच जनाको मृत्यु भएको थियो भने दुई बालकसहित आठजना घाइते भएका थिए ।
Post a Comment