Home » » आन्दोलनकारी र सुरक्षाकर्मी दुवै पक्षबाट पत्रकार असुरक्षित,पत्रकार महासंघ

आन्दोलनकारी र सुरक्षाकर्मी दुवै पक्षबाट पत्रकार असुरक्षित,पत्रकार महासंघ

Written By Unknown on Tuesday, September 1, 2015 | 3:38 AM


भदौ १५ 
आन्दोलनकारी र सुरक्षाकर्मी दुवै पक्षबाट पत्रकार असुरक्षित भैरहेको नेपाल पत्रकार महासंघले जनाएको छ । भदौ १२ देखि १४ गतेसम्म कैलालीको टिकापुर र बाँकेको नेपालगञ्जमा अनुगमन गरेर फर्किएको महासंघको मिसन टोलीले पत्रकार सुरक्षाकर्मी तथा आन्दोलनकारी दुवैबाट असुरक्षित रहेको निष्कर्ष सहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।मिसन टोलीले आन्दोलनरत पक्ष र सुरक्षाकर्मीबाटै पत्रकार बढी असुरक्षित रहेकाले उनीहरुसँग केन्द्रदेखि जिल्ला तहसम्म पत्रकार महासंघले समन्वय गर्नुपर्ने, सञ्चारगृहले रिपोर्टरलाई सुरक्षाका लागि आधारभुत पत्रकारको पहिचान हुने सामग्री उपलब्ध गराउनुपर्ने, जातीय, क्षेत्रीय मुद्दामा सबै सञ्चार गृहले सद्भाव नखल्बलिने सम्पादकीय नीति अबलम्बन गर्नुपर्ने, सद्भाव कायम गर्नका लागि नागरिक समाजको तहबाट निष्पक्ष रहेर मध्यस्थता गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै महासंघका  अध्यक्ष डा। महेन्द्र विष्टले पत्रकारलाई कुनै पनि पक्षबाट भौतिक आक्रमण, धम्की, त्रास नदिन सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC