भदौ १५
बाराको कलैयामा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको ज्यान गएको हो । ज्यान जानेमा कलैया नगरपालिका–१० का २५ वर्षका हिफाजत अन्सारी छातिमा गोली लागेर घटनास्थलमै ज्यान गएको हो । गोली लागेर अर्का एक जना घाइते भएका छन् । कन्चटमा एक राउन्ड गोली लागेका छोटकी फूलवरीयाका सुरेश यादवको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भैरहेको छ ।
कलैयाको भरतचोकमा मधेसी मोर्चाका कार्यकताले प्रदर्शन गरीरहेका बेला झडप भएको हो । गोलीको छर्रा लागेर अरु केही घाइते भएका छन् ।
Post a Comment