Home » » आज गणेश चौथी मनाइदै

आज गणेश चौथी मनाइदै

Written By Unknown on Wednesday, September 16, 2015 | 9:05 PM


आज भाद्र शुल्क चौथी अर्थात् गणेश चौथी । देशभरका हिन्दू धर्मावलम्बीले गणेशको पूजाआजा गरी गणेश चौथी पर्व मनाउँदैछन् । यसलाई मंगल चौथीसमेत भन्ने गरिन्छ । गणेश चौथीका अवसरमा देशभरका गणेश मन्दिरमा घुईंचो लागेको छ । उपत्यकाका सूर्य्विनायक, कार्य्विनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजासहित भक्तजनको भीड लागेको छ । काम शुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । आजैका दिन गणेशको जन्म भएको शिवपुराणमा उल्लेख छ । गणेश चौथीको दिन नेवार समुदायले चथा पर्व मनाउँदैछन् । आज बेलुका चन्द्रमालाई पूजा गरेर यो पर्व मनाइने गरिन्छ । चन्द्रमालाई आज चोर देवताका रुपमा पूजा गरिन्छ । कमलको फूल, चथा फूल, समयबजी, फलफूल, अदुवाको बोटलगायत राखेर चन्द्रमाको पूजा गर्ने चलन छ । आज पानी परेमा दसैंमा पनि पानी पर्ने जनविश्वास छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC