भदौ १५
भोजपुरको खैराङमा १३ महिने बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय ३८ वर्षीय चन्द्रबहादुर बिकलाई प्रहरीले नाबालिका बलात्कार गरेको आरोपमा नियन्त्रणमा लिएको हो । बालिकाकी आमा बारीमा गएको मौका छोपी बिकले नाबालिकालाई सोमबार दिउँसो जवरजस्ती करणी गरेको बताइएको छ । नाबालिकालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटार पठाइएको छ ।
Post a Comment