केही दिन अघिदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ रहनु भएका कोइरालाको ८० वर्षको उमेरमा निधन भएको हो । महाराजगञ्ज स्थित निवासमा रातिदेखि नै कांग्रेस नेता तथा कार्यकर्ताको घुइँचो लागेको छ ।
नेपाली कांग्रेसको आस्मिक बैठक मंगलबार बस्दै छ । बिहान अबेर उहाँको शवलाई अन्तिम श्रद्धान्जलीका लागि कांग्रेस पार्टी कार्यालय लैजाने तयारी छ ।
सभापति कोइरालाको आकस्मिक निधनका कारणले नेपाली कांग्रेसको १३ औं महाधिवेशनको सम्पूर्ण निर्वाचन सम्बन्धी कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको कांग्रेसले विज्ञप्ति निकालेर जनाएको छ ।
सभापति कोइरालाको निधनबाट सिंगो देश, नेपाली नागरिक र पार्टीपंक्ति स्तब्ध र शोकाकुल भएको विज्ञप्तिमा उल्लेख छ । काठमाडौंमा भएको १२ औ महाधिवेशनबाट उहाँ कांग्रेसको सभापतिमा चयन हुनुभएको थियो ।
Post a Comment