Home » , » सेल्फी खिच्न खोज्दा नारायणीमा खसे दुई युवती

सेल्फी खिच्न खोज्दा नारायणीमा खसे दुई युवती

Written By Unknown on Sunday, February 28, 2016 | 3:52 AM

फाल्गुन १६, भरतपुर । चितवनको भरतपुर उपमहानगरपालिका स्थित नारायणी नदीमा डुबेर आईतवार दिउसो १ बजे देखी एक युवती बेपत्ता भएकी छिन । अर्का युवतीको उद्धार गरिएको छ । नवलपारासीको गैडाकोट १६ बस्ने १८ वर्षिया नम्रता सापकोटा र सोही ठाउकी उनकी साथी विस्मिता ज्ञवाली नदीमा डुबेको ईलाका प्रहरी कार्यालय नारायणगढका प्रहरी निरिक्षक सत्यनारायण थापाले बताए । दुबै जना अरुणा कलेजका विद्यार्थी भएको उनले जनाए । ‘२ जनाको समुहमा रहेका ती युवतीले नारायणी पुल भन्दा पुर्वमा नदीको किनारमा सेल्फी खिच्ने क्रममा चिप्लेर दिउसो पौने २ बजे नदीमा एक युवती डुबेकी थिईन,’ उनले भने, ‘सोही क्रममा उनीसंगै रहेकी अर्का साथीले उनलाई बचाउने क्रममा नदीमा हाम फालेकी थिईन ।’ को युवती चिप्लेकी हुन अहिले सम्म खुल्न नसकेको उनले बताए । उद्धार गरिएको युवतीको खतरामुक्त रहेको प्रहरीले जनाएको छ । डुबेर बग्दै गरेको अवस्थामा प्रत्यक्षदर्शी श्याम थापाले ४० मिटर परबाट नम्रतालाई सकुसल उद्धार गर्न सफल भए । अर्का युवती विस्मिताको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । उनको खोजतलास जारी रहेको प्रनि थापाले बताए । साँझ ५ बजेसम्म पनि बिस्मिता फेला नपरेको बताइएको छ । दुवै युवति अरोमा कलेज भरतपुरमा प्लस टु अध्ययनरत रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनपथ प्रहरीले हराईरहेकी युवतिको खोजी जारी राखेको बताइएको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC