Home » » खैरहनीमा नयाँ शक्ति गठन

खैरहनीमा नयाँ शक्ति गठन

Written By Unknown on Sunday, February 28, 2016 | 3:57 AM

फाल्गुन १६, खैरहनी । खैरहनी नगरपालिकामा नयाँ शक्ति नेपालको आज (शनिबार) नगर भेला सम्पन्न भएको छ । आज बसेको भेलाले अरुण उपे्रतीको संयोजकत्वमा ३५ सदस्यीय नगर परिषद गठन गरिएको हो । जसअन्तर्गत सदस्यहरुमा सुशिला पाण्डे , रमेश खड्का , हरिकृष्ण घिमिरे , रविन्द्रनाथ अधिकारी , लोकनाथ भुषाल , दिनेश सुवेदी , टोपबहादुर ओली लगायतका ३५ सदस्यहरु सर्वसम्वत रुपमा चयन भएका छन् ।
नयाँ शक्ति नेपालका केन्द्रिय सचिवालय सदस्य रिशव देव भटट्राई प्रमुख अतिथी रहनुभएको कार्यक्रममा केन्द्रिय परिषद सदस्य जगनाथ आचार्य , शिक्षक समाज नेपाल केन्द्रिय परिषद सदस्य निलहरी थापा विशिष्ट अतिथी रहनुभएको थियो । कार्यक्रममा बोल्दै केन्द्रिय सचिवालय सदस्य भटट्राईले अबको राजनिती आन्दोलन भन्दा पनि जनभावना अनुरुप देश विकासमा समर्पित हुने बताउनुभयो । उहाले जनताको दैनिक आवश्यकतामा सरकार उदासिन रहेकाले भुकम्प पिडित , ईन्धन अभाव लगायतका समस्याहरु तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उक्त भेलाबाट नव गठित समितीलाई क्षेत्र नम्बर १ का संयोजक कुल प्रसाद भुषालले धन्यवाद प्रकट गर्नुभएको थियो । कार्यक्रम ज्येष्ठ सदस्य रविन्द्रनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC