
१६ फागुन, रत्ननगर । रत्ननगर १ सौराहा चोकमा रहेको नेपाल उच्च माविको जग्गामा जारी महायज्ञमा २ लाख ५० हजार संकलन भएको छ। महायज्ञको तेश्रो दिन आज २ लाख ५० हजार संकलन भएको महायज्ञका उप-सचिव जगदिशचन्द्र शर्माले जानकारी दिनुभयो । महायज्ञको सबैभन्दा बढी कार्यक्रमकी सह-संयोजक रत्ननगर २ सीतादेवी रेग्मीबाट २१ हजार ५ सय ५५ रुपिया सहयोग प्राप्त भएको छ । पवित्र तीर्थस्थल देवघाटमा गुरुकुलम निर्माणका लागी महायज्ञ आयोजना गरिएको हो । भुकम्पका कारण असहाय एवंम अनाथ भएका वालवालिकाहरुलाई शिक्षा दिने उदेश्यका साथ विश्व जागरण महाअभियान ट्रस्टले महायज्ञ आयोजना गरेको हो । महायज्ञमा दैनिक रुपमा पाठपारायण तथा भजन किर्तन सहित दिँउसो १ बजेदेखि ४ः३० बजेसम्म कथा प्रवचन ,धामिक अनुष्ठान,१ हजार ८ सय शाालिग्रामको १ करोड परिक्रममा र जेष्ठ सदस्य सम्मान कार्यक्रम भईरहेको यज्ञ सम्पादन मुल समितिका संयोजक हरिशरण पाठकले बताउनुभयो । फागुन २५ गते सम्म चल्ने महायज्ञमा प्रख्यात वाचक विद्धान ईश्वरकृष्ण महाराजजीले कथावाचन गरिरहनुभएको छ ।प्रारम्भमा ५० जना वालवालिकालाई आावस सहित अध्ययनको व्यवस्था मिलाउने गरी गुरुकुलम निर्माण गरिने ट्रस्टका संरक्षण इश्वरकृष्ण महाराज जीले जानकारी दिनुभयो ।गुरुकुलममा सवै जातजातिलाई समेटेर योग्य विद्यार्थी उत्पादन गर्ने लक्ष्य रहेको संरक्षक इश्वरकृष्णले वताउनुभयो ।
Post a Comment