फाल्गुन १९, रत्ननगर । शहिद स्मृति बहुमुखी क्याम्पस रत्ननगर टाँडीमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को भातृ संगठन अखिल क्रान्तिकारी को इकाइ सम्मेलन सम्पन् भएको छ । बुधबार सम्पन्न सम्मेलनले अमृत ओस्तिलाई अध्यक्षमा सर्वसमत निर्वा्चित समेत गरेको छ भने ४१ सदस्य कलेज कमिटी गठन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि अखिल क्रान्तिकारी का केन्द्रीय सचिव एवम् ३ नम्बर प्रदेशका फ्याक्सन इन्चार्ज बिजय हमालले छिटै हुने स्ववियु निर्वाचनमा आफ्नो संगठन १ नम्बरको संगठन भएर देखाउने दावी गर्नुभयो । उहाँले निर्वाचन सम्ममा सम्पूर्ण क्रान्तिकारी बिधार्थी एक हुने बताउनुभयो । कसैले क्रान्तिकारी लाइ कमजोर सोचेर जुद्न आए तिनीहरूको सिंग निकालेर फाल्ने उहाँको भनाई थियो । एक फरक प्रसंगमा हमालले कलेजको नाम फेर्दा सम्म देखे नदेखे जस्तो निकम्बा बढनेर बस्ने कलेज प्रमुखले तत्काल राजीनामा दिनु पर्ने र कुनै पनि पार्टीले पार्टी कार्यालय कलेज बनाउन नभई कलेजलाई कलेजको रुपमै राख्न पर्ने र बोरु बिस्व बिधालय बनाउन माग गर्नु पर्नेमा त्यसो नभई कलेजको नामनै परिवर्तन गर्दा समेत चुपलागेर बस्ने कलेज प्रमुखले कलेजको हित गर्न नसक्ने बताउनु भएको छ । ्
कलेजका सम्पूर्ण बिधार्थी संगठनले बिरोध गर्दा सम्म कलेज प्रमुखले यस बिषयमा खासै चासो नदिएको क्रान्तिकारी का नव निर्वा्चित अध्यक्ष अमृत ओस्तिले बताउनुभयो । कार्यक्रममा एनेकपा माओवादीका केन्द्रीय सदस्य इश्वरी भटराई , क्रान्तिकारीका केन्द्रीय सदस्य नारायण आचार्य , दिलिप पौडेल , जिल्ला संयोजक साजन अधिकारी लगाएतले बोल्नु भएको थियो भने भेला आयोजक समितिका संयोजक एवम् नवनिर्वा्चित अध्यक्ष अमृत ओस्तिको अध्यक्षतामा सम्पन भएको थियो ।
Post a Comment