फाल्गुन १९, रत्ननगर । लायन्स क्लव अफ चितवन सौराहाले यहाँ चेपांग बालबालिकासँगै लिप ईयर (अधिक बर्षं) मनाएको छ । सोमबार गामवेंसी चेपांग संरक्षण केन्द्रमा सौराहा लायन्सका पदाधिकारीहरु सहभागि भएर बालबालिकाहरुसँग लिप ईयर मनाएको हो । हरेक ४ बर्षमा एकपटक आउने फेब्रुवरी महिनाको २९ तारिखलाई अधिक बर्षको रुपमा लायन्सले मनाउने गर्दछ । अरु बर्ष भने फेब्रुअरी महिना २८ तारिख सम्मको मात्रै हुने भएपनि ४ बर्षमा यो एक महिनाको अन्तिम तारिख भने २९ को हुने गर्दछ । अधिक बर्षको अबसरमा लायन्सक्लव अफ चितवन सौराहाले च.पांग बालबालिकालाई नुन, तेल, मसला, प्रोटिनयुक्त खानाहरु तथा अण्डा फलफुल वितरण गरेको भट्टराईले जानकारी दिनुभयो । सौराहा लायन्सका सचिव शीरलाल परियारले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा लायन्स क्लवअफ चितवन सौराहाका चार्टर प्रेसिडेन्ट नारायाण् भट्टराई रहनुभएको थियो । कर्याक्रममा लायन विक्रम चौधरी, शुशिला परियार, रत्ननगर अस्पतालकी डा रुथ गोन्सेथ लगायतको सहभागिता रहेको थियो । सौराहा लायन्सले यसअघि भुकम्प पिडितहरुलाई खाद्यान्न र लत्ता कपडा वितरण गरेको थियो भने विभिन्न क्षेत्रमा चेतनामुलक कार्यक्रमसँगै विपन्नहरुलाई सहयोग तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको थियो । सौराहा लायन्सले यसबर्ष विभिन्न महत्वपुर्ण अवार्ड प्राप्त गरिसहेको छ । डिष्ट्रिक ३२५ वी २ अन्तरगत लायन्स क्लवहरु मध्ये उत्कृष्ट हुँदै उल्लेखनिय सहयोग अवार्ड, सबैभन्दा बढी सहभागिता अवार्ड, सबैभन्दा धेरै नयाँ क्वल गठन अवार्ड, सहित समय व्यवस्थापन अवार्ड प्राप्त गर्न सफल भएको छ । यस्तै क्लवका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले लायन्स सेन्टेनियल अवार्ड, क्वल एक्टेन्सन अवार्ड, फाउण्डेसन अवार्ड प्राप्त गर्नुभएको छ ।
Home »
Local News
» चेपाङ बालबालिकासँग मनायो सौराह लायन्सले 'अधिक बर्ष'
चेपाङ बालबालिकासँग मनायो सौराह लायन्सले 'अधिक बर्ष'
Written By Unknown on Wednesday, March 2, 2016 | 4:14 AM
Labels:
Local News
Post a Comment