Home » , » चितवनको गैडा बर्दिया पुर्याइयो

चितवनको गैडा बर्दिया पुर्याइयो

Written By Unknown on Wednesday, March 2, 2016 | 4:19 AM

फाल्गुन १९, रत्ननगर । वन मन्त्रालयको निर्णय अनुसार चितवन राष्ट्रिय निकुञ्जको एउटा गैंडालाई बर्दिया निकुञ्जमा स्थानान्तरण गरिएको छ । वन मन्त्रालयको गत बर्षको निर्णय अनुसार चितवन राष्ट्रिय निकुञ्जको १२ बर्ष उमेरको एका बयस्क भाले गैंडालाई बुधबार बर्दिया निकुञ्जमा स्थानान्तरण गरिएको हो । प्राविधिकहरुको टोलीले मंगलबार ८ घण्टा लगाएर फेला पारेको गैंडालाई १२ घण्टाको यात्रापछि बुधबार विहान ११ बजे बर्दिया निकुञ्जमा छाडिएको हो । गैडालाई हिजो राति सवा नै बजे ना ५ ख ७१३६ नम्बरको ट्रकमा लोड गरि ड्राईभरहरु कमल बराली र भीमबहादुर विश्वकर्माले पालैपालो चलाएर विहान ८ बजे बबइ र्पुयाएका हुन् । सो गैंडा स्थानान्तरणसँगै बर्दियामा गैंडाको संख्या ३० पुगेको छ । नेपालमा हाल ६ सय ४५ वटा एक सिंगे गैंडा छन् । ती मध्ये ६ सय ४ वटा गैंडा चितवन राष्ट्रिय निकुञ्जमा रहेको वन मन्त्रालयले जनाएको छ । मन्त्रालयले तीन वर्ष्भित्र २० वटा भाले र पाँच वटा पोथीसहित २५ वटा गैंडा बर्दिया तथा एक भाले र ४ पोथीसहित ५ गैंडा शुक्लाफाँटा वन्यजन्तु आरक्षमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।यता चितवनका संरक्षणकर्मीहरुले भने गैंडा स्थानान्तरणको विरोध गरेका छन् । यसअघि स्थानान्तरण गरिएका गैंडाको संरक्षण नभएको अवस्थामा संरक्षणको सुनिश्चितताविना स्थानान्तरण नगर्न उनीहरुको माग छ ।
photo courtesy: Ekantipur
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC