Home » » २ हप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सकियो

२ हप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सकियो

Written By Unknown on Saturday, May 14, 2016 | 6:51 AM

जेठ १, भरतपुर । तमू प्ये ल्हू संघ जिल्ला कार्य समितिले आयोजना गरिएको २ हप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम आजबाट सकिएको छ । समाजमा नेतृत्व लिन सक्ने व्यक्तिहरु नै आफ्ना मनमा लागेका कुराहरु खुलेर गर्न नसक्ने भन्दै बोल्ने कलामा सक्रिय गराउनका लागि तमू प्ये ल्हु संघ जिल्ला कार्य समिति चितवनले सो तालिमको आयाजना गरेको हो । २१औं शताब्दीको समयमा पनि आफ्नो टोल सुधार समितिहरुमा हुने विभिन्न खालका कार्यक्रमहरुमा नेतृत्व गर्दा कसरी गर्ने भन्ने सामान्य ज्ञान समेत नहुँदा समस्या हुने गरेको भन्दै नेतृत्व विकासमा दक्ष बनाउने उद्धेश्यले प्ये ल्हू संघले कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष जगत बहादुर गुरुङले बताउनुभयो । धेरै समय पहिलेदेखि नै संस्थालाई कार्यक्रम गर्नको लागि स्थानीयस्तरबाटै दबाब आएको भन्दै सहभागीहरुबाटै केही रकम संकलन गरेर तालिमको आयोजना गरिएको अध्यक्ष गुरुङको भनाई छ । कार्यक्रममा बोल्दै तमू प्य ल्हु संघका क्षेत्रीय अध्यक्ष लेख बहादुर गुरुङले प्रशिक्षार्थीहरुलाई सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सक्नुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका क्षेत्रीय अध्यक्ष गुरुङले समाज परिवर्तनका लागि यस्ता तालिमहरुको महत्वपूर्ण भूमिका हुने भएकाले तालिमको आयोजना फेरि पनि गर्नुपर्नेमा जोड दिनुभयो । आफ्नो टोल तथा छिमेकमा केही औपचारिक कार्यक्रमहरु गर्दा पनि समस्या ब्यहोर्दै आउनु परेकोले प्ये ल्हु संघलाई पटक–पटक कार्यक्रम आयोजना गर्न दबाब दिदै आएको प्रशिक्षार्थी नारायणी नगरपालिका–७ पार्बतीपुरकी साबित्री गुरुङले बताउनुभयो । आदिबासी जनजाती महिलाहरु वाककलामा धेरै पछाडि रहेकोले आजको यो तालिमबाट केही बोल्न सक्ने बिश्वासका साथ तालिममा सहभागी भएको उहाँको भनाई छ । ५५ वर्षिया गुरुङले टोलबाट एक जनाको मात्रै सहभागीता रहेपनि आफूले सिकेका कुरालाई आफ्नो टोलमा साझेदारी गरेर अगाडि बढ्न सक्ने बताउनुभयो । यस्तै भरतपुर २३ सूर्यनगर कान्छीचोककी जीना गुरुङ पनि वाककलामा पछाडि रहेको भन्दै मासको अगाडि बोल्ने बानीको बिकास गर्नको लागि तालिममा सहभागी भएको बताउनुभयो । अहिलेको शिक्षित समाजमा पनि मञ्चमा गएर कार्यक्रम सञ्चालन गर्ने तथा मन्तव्य दिने व्यक्तिहरु कमै रहेको भन्दै यस्ता कार्यक्रमहरु समयसमयमा आयोजना गरिरहनु पर्ने आवश्यकता भएको बताउनुभयो । कुखी शान्ति महाबौद्ध गुम्बा कृष्णपुरमा बैशाख १९ गतेदेखी सञ्चालनमा आएको सो तालिममा तमू प्ये ल्हु संघका अध्यक्ष जगत बहादुर गुरुङ र सचिव बिक्रम गुरुङका साथै पत्रकारहरु तुलमान गुरुङ र कमला गुरुङले प्रशिक्षण दिनुभएको थियो ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC