Home » » डेक नेपालको परियोजना सरकारी टोलीद्धरा अनुगमन

डेक नेपालको परियोजना सरकारी टोलीद्धरा अनुगमन

Written By Unknown on Saturday, May 14, 2016 | 6:09 AM

जेठ १, सिद्धि । चितवनको ६ वटा पहाडी गाविसमा डेक नेपालले सञ्चालन गरेको चेपाङ महिला शसक्तिकरण परियोजनाको चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल नेतृत्वको सरकारी टोलीले अनुगमन गरेको छ । सरकारी टोलीलाई परियोजनाका संयोजक जनक कार्कीले चेपाङ महिलाको शसक्तिकरणको लागि अहिले सम्म गरेका काम र भावि कार्ययोजनाका वारेमा जानकारी गराएका थिए । सो अबसरमा स्थानीय विकास अधिकारी पोखरेलले डेक नेपाल र जिल्ला विकास समितिको सहकार्यमा चेपाङ निर्देशिका बनाएर उनीहरुको विकास र आयआर्जनको लागि काम गर्ने योजना रहेको बताए । परियोजना अन्र्तगत ६ वटा पहाडी गाविसमा ३० वटा पैरवी मञ्च गठन गरिएको छ । सो पैरवी मञ्चमा ७५० जना चेपाङ महिलाहरु आबद्ध रहेका छन । परियोजनाले ७५० चेपाङ महिलाहरुको शसक्तिकरण  र त्यतिकै संख्यामा पुरुषहरुलाई चेतना अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गरिरहेको छ । पैरवी मञ्चमा आबद्ध महिलाहरु मासिक रुपमा बैठक वसेर समुदायका समस्या र विकासको लागि गाविस स्तरमा आएका योजनाहरुको वारेमा छलफल गर्ने गरेका छन । कार्यक्रममा स्थानीय विकास अधिकारी पोखरेल सहित जिविसका कार्यक्रम अधिकृत रामहरि न्यौपाने,जिल्ला महिला समन्वय समितिकी उपाध्यक्ष शुशिला उप्रेती,डेक नेपालका होमबहादुर आले,पत्रकार महासंघ चितवनका कोषाध्यक्ष होमनाथ सापकोटा,पूर्वी चितवन पत्रकार मञ्चका सचिव धु्रबराज खनाल लगायतको सहभागिता रहेको थियो । 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC