Home » » भण्डारामा रुद्र मुक्तक संग्रहको बिमोचन

भण्डारामा रुद्र मुक्तक संग्रहको बिमोचन

Written By Unknown on Tuesday, May 10, 2016 | 5:47 AM

बैशाख २८, भण्डारा । चितवनका चर्चित साहित्यकार रुद्रराज कंडेलको मिर्मिरे बिहानी नामक रुद्र मुक्तक संग्रह पुस्तकको आज पुर्वि चितवनको भण्डारामा विमोचन गरिएको छ । चितवनका वरिष्ट साहित्यकार तथा गजलकार केशवराज आमोदीले सो मुक्तक संग्रह विमोचन गर्नुभएको हो । पुर्वि चितवन भण्डारा घर भएका साहित्यकार कंडेल चितवनका चर्चित कलाकारको रुपमा पनि चिनिन्छन् । उहाको २०७२ साल भदौ महिनामा भुकम्पले देशै रुवायो नामक गिति संग्रह पनि विमोचन गरिएको थियो । कार्यक्रममा वरिष्ट साहित्यकार केशवराज आमोदी प्रमुख अतिथी एवम् गजलकार ईश्वरी ओझा विशिष्ट अतिथी रहेका थिए । सो विमोचन कार्यक्रममा कालि गण्डकी साहित्यिक मञ्चका सचिव रुविन पौडेल , साहित्यकार गोकुल पौडेल , साहित्यकार बैधनाथ देवकोटा लगायका एक दर्जन बढी चर्चित गजलकार एवम् साहित्यकारहरुको उपस्थिती रहेको थियो । यस्तै कार्यक्रममा लोक गायक गणेश चेपाङ , कल्पना पौडेल , गोकुल पौडेल लगायतले आफ्ना प्रस्तुती देखाएका थिए । सो कार्यक्रममा दुई दर्जन भन्दा बढी साहित्यिक सर्जकहरुको सहभागिता रहेको थियो । कार्यक्रम स्थानिय समाजसेवी धर्मराज कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC