वैशाख २८, रत्ननगर । ट्राफिक सप्ताहको अवसरमा मंगलवार रत्ननगरमा चालक , विद्यार्थी र सर्वसाधारणलाई ट्राफिक नियम सम्वन्धी प्रशिक्षण दिईएको छ । सप्ताहको तेश्रो दिन अस्थायी ट्राफिक प्रहरी पोष्ट टाँडीले रत्ननगरका टेम्पो र इरिक्सा चालकलाई प्रशिक्षण दिएको हो भने मंगलवार दिउसो क्वेष्ट मोडल कलेजमा विद्यार्थी तथा वछौली उच्च माविमा विद्यार्थी र सर्वसाधारणलाई ट्राफिक नियम सम्वन्धी प्रशिक्षण दिईएको अस्थायी ट्राफिक प्रहरी पोष्ट टाँडीका प्रमुख उमेश महतोले जानकारी दिए ।
क्वेष्ट मोडल कलेजमा उपस्थित विभिन्न वोडिङका विद्यार्थीहरुलाई इलाका प्रहरी कार्यालय टाँडीमा प्रमुख प्रहरी नायव उपरिक्षक जयराज सापकोटा र अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुख महतोले प्रशिक्षण दिएका थिए । सप्ताहको अवसरमा यसअघि माईकिङ गरीसकेको ट्राफिक प्रहरीले आफ्ना क्षेत्र भित्र रहेका विद्यालय ,राजमार्गमा पर्चा पम्प्लेट टास्ने र वितरण गर्ने काम पनि गरीरहेको छ । चितवनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र नेपाल रेडक्रस सोसाईटीको आयोजनामा ट्राफिक सप्ताह मनाईदैछ ।
Post a Comment