Home » » तेक्वान्दो डोजाङको ग्रेडिङ सम्पन्न

तेक्वान्दो डोजाङको ग्रेडिङ सम्पन्न

Written By Unknown on Saturday, May 14, 2016 | 5:19 AM

जेठ १, रत्ननगर । नेपाल डोजाङ संघको बार्षिक कार्यक्रमअनुसार चितवन जिल्ला भरिका तेक्वान्दो डोजाङको ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । शनिबार रत्ननगरको नेपाल उच्च मावि मा आयोजित एक समारोहका बीच डोजाङहरुको ग्रेडिङ सम्पन्न भएको हो । कार्यक्रममा रेड बेल्ट, ब्ल्याक बेल्ट, सेकेन्ड डन ब्ल्याक बेल्ट को ग्रेडिङका लागि १५० भन्दा बढि पुरुष तथा महिला सहभागि रहेको कार्यक्रम संयोजक सुदिप गिरीले जानकारी दिनुभयो । कार्यक्रममा तेक्वान्दो संघ चितवनका अध्यक्ष रोशन खान, उपाध्यक्ष गोपाल श्रेष्ठ, उपाध्यक्ष सुदिप गिरी, सचिव शैलेष श्रेष्ठ, सहसचिव धन बहादुर दराई, कोषाध्यक्ष प्रदिप श्रेष्ठ, सदस्य जयदेव पौडेल, किरण श्रेष्ठ लगायत विभिन्न डोजाङ प्रमुखहरुको उपस्थिति रहेको थियो । 

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC