बैशाख २८, चितवन । चितवनमा ८ बर्षको अवधिमा ११५ जना एचआईभी संक्रमितको मुत्यु भएको छ । जिल्ला सदरमुकाम भरतपुरमा रहेको भरतपुर अस्पतालको ए.आर.टी सेवा लिएका मध्ये १ सय १५ जना एचआईभी संक्रमितको मुत्यु भएको हो ।एचआईभी संक्रमितलाई लक्षित गरि अस्पतालमा स्थापना गरिएको सेवा केन्द्रमा २०६४ सालदेखी हालसम्म आएका १२ सय ९२ मध्ये १ सय १५ जना एचआईभी संक्रमितको मुत्यु भएका अस्पतालका ए.आर.टी सेवाका संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए । जस मध्ये १ सय ११ जनालाई विरामीको पाएक पर्ने सेवा केन्द्र रिफर गरेको समेत उनले बताए । सेवा केन्द्रमा आई खुलेका एचआईभी संक्रमित उनीहरुको चाहना अनुसार गोप्य रुपमा केन्द्रमा उपचार गराउन केन्द्र ८ अगाडी स्थापना भएको थियो ।यस्तै हाल केन्द्रमा ६ सय ५७ जनाले सेवा लिइरहेका छन् । चितवनको भरतपुर अस्पतालबाट ए।आर।टी सेवा लिनेहरुमा चितवन सहित नवलपरासी, मकवानपुर, गोरखा, तनहुं र लमजुङका बिरामीहरु सेवा लिन आउने गर्दछन् । रिफर गरिएकाहरु भने बारा, पर्सा, रौतहट जिल्लाका रहेको सेवा केन्द्रले जनाएको छ ।
चितवनमा ११५ एचआइभी संक्रमितको मृत्यु
Written By Unknown on Tuesday, May 10, 2016 | 6:12 AM
Labels:
Local News,
National News
Post a Comment