जेठ ९, रत्ननगर । पुर्वी चितवनको सौराहाचोकमा अवस्थित रिलेशन एफ एम ८८ मेगाहर्जको प्रथम बार्षिकोत्सव कार्यक्रमको समुदघाटन गरिएको छ । आइतबार एफएम परिसरमा एक बिशेष समारोहका बीच विभिन्न साताब्यापी कार्यक्रमहरुको समुदघाटन गरिएको हो । कार्यक्रममा एफएमका अध्यक्ष अनिल अधिकारी, प्रबन्ध निर्देशक रमेश लोहनी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति ज्ञानशाली न्यौपाने र रत्ननगर उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष ज्ञान बहादुर बिसुरालले संयुक्त रुपमा ब्यानर प्रदर्शन गरि बार्षिकोत्सव उदघाटन गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले एफएमले सफलतापुर्वक पहिलो बर्ष पार गरि दोस्रो बर्ष प्रवेश गरेकोमा शुभकामना ब्यक्त गरेका थिए । प्रमुख अतिथिसमेत रहनुभएका नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपानेले एफएमले बार्षिकोत्सवमा आयोजना गर्न लागेको सबै कार्यक्रम महत्वपुर्ण रहेकाले सफलताको कामना गर्नुभयो । आइतबार नै आयोजित रक्तदान कार्यक्रमतर्फ लक्षित गर्दै उहाँले अहिलेको समयमा रगतको चरम अभाव रहेको र एफएमले गरेको रक्तदान कार्यक्रमको उच्च प्रशंसा गर्नभयो । त्यस्तै बिशिष्ट अतिथि ज्ञानबहादुर बिसुरालले एफएमले समाजमा पुर्याएको योगदानको चर्चा गर्दै अझै उच्च सफलता हासिल गर्न शुभकामना ब्यक्त गर्नुभयो ।
यसैबीच बार्षिकोत्सवअन्तर्गत साताब्यापी कार्यक्रमको पहिलो कार्यक्रम बृहत खुल्ला रक्तदानमा ५५ जनाले रक्तदान गरेका छन । बिहान ८ बजेबाट सुरु गरिएको रक्तदानमा एफएमका अध्यक्ष अनिल अधिकारी र प्रबन्ध निर्देशक रमेश लोहनीले रक्तदान गरि सुरुवात गर्नुभएको थियो । कार्यक्रममा विभिन्न स्रोता, बिज्ञापनदाता एवं कर्मचारीहरुले उत्साहपुर्वक रक्तदान गरेको रक्तदानका कार्यक्रमका संयोजक सरोज अधिकारीले जानकारी दिनुभयो । अहिलेको समयमा चौतर्फि रगत अभाव देखिने गरेको र रगत संकलन निकै कम हुने गरेकोले बार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको उहाँको भनाई छ ।
एफएमले बार्षिकोत्सव कार्यक्रम अन्तर्गत भोलि सोमबार सौराहाचोकमा ट्राफिक जनचेतना कार्यक्रम गर्दैछ । विविध कार्यक्रम गर्दै एक सातासम्म मनाइने बर्षिकोत्सवको अन्तिम दिन यहि जेठ १५ गते एफ एम प्रसारणको गौरवमय दुई बर्ष पुग्दैछ । एफ एम गत बर्ष जेठ १५ गतेबाट प्रसारणमा आएको थियो ।
Post a Comment