Home » , » बार्षिकोत्सव कार्यक्रमको सबै तयारी पुरा

बार्षिकोत्सव कार्यक्रमको सबै तयारी पुरा

Written By Unknown on Saturday, May 21, 2016 | 5:13 AM

जेठ ८, रत्ननगर । रिलेशन एफ एम ८८ मेगाहर्जको गौरवमय प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित विविध साताब्यापी कार्यक्रमहरुको सम्पुर्ण तयारी पुरा भएको छ । भोलि अर्थात जेठ ९ गतेबाट सुरु हने विविध साताब्यापी कार्यक्रमहरुलाई भव्य र सभ्य रुपमा सफल पार्नका लागि सम्पुर्ण तयारी पुरा भएको एफएमका अध्यक्ष अनिल अधिकारीले बताउनुभयो । उहाँले सम्पुर्ण कर्मचारी, शेयर सदस्य तथा सञ्चालकहरुको सक्रियतामा साताब्यापी कार्यक्रम उल्लासमय ढंगले सम्पन्न गरिने बताउनुभयो । उहाँले साताब्यापी कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विभिन्न कार्यक्रमहरुको जिम्मेवारी समेत बाँडफाँड गरिएको जानकारी दिनुभयो । जसअनुसार पहिलो दिन खुल्ला रक्तदान कार्यक्रमको जिम्मेवारी सरोज अधिकारीलाई, स्वास्थ्य शिविर कार्यक्रमको जिम्मेवारी ज्ञानेन्द्र तामाङलाई, अन्तरबिद्यालय शिक्षकस्तरिय हाजिरिजवाफ प्रतियोगिताको जिम्मेवारी राजन दिल गूरुङलाई र खुल्ला गजल प्रतियोगिताको जिम्मेवारी राज प्रणय, अम्बिका बसौला र गोपाल बिश्वकर्मालाई दिइएको छ । यसबाहेक ट्राफिक जनचेतना कार्यक्रम, रिलेशन बृद्धबृद्धा अक्षयकोष स्थापनार्थ सहयोग संकलन कार्यक्रम र बृहत साँस्कृतिक उत्सव २०७३ को ब्यवस्थापन भने संस्थाका सबै कर्मचारीको सक्रियतामा गरिने अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले एफएमको जुझारु कर्मचारीलाई परिचालन गरि प्रथम बार्षिकोत्सव भव्य बनाउने उद्देश्यले कर्मचारीलाई जिम्मेवारी बाँडिएको बताउनुभयो । 
यसैबीच भोलि जेठ ९ गते एफ एमको गौरवमय प्रथम बार्षिकोत्सवको समुदघाटन हुदैछ । भोलि बिहान ७ बजे एक बिशेष समारोहको आयोजना गरि भव्य रुपमा साताब्यापी बार्षिकोत्सव कार्यक्रमको समुदघाटन गरिने एफएमका प्रबन्ध निर्देशक रमेश लोहनीले जानकारी दिनुभयो । जसका लागि आवश्यक सम्पुर्ण तयारी सकिएको उहाँले बताउनुभयो । त्यस्तै भोलि नै साताब्यापी कार्यक्रमको पहिलो कार्यक्रम बृहत खुल्ला रक्तदान कार्यक्रम पनि हुदैछ । रक्तदानको लागि पनि आवश्यक सबै तयारी पुरा भएको संयोजक सरोज अधिकारीले जानकारी दिनुभयो । बिहानैबाट सुरु हुने रक्तदान कार्यक्रममा एक सय भन्दा बढि रक्तदाताले रक्तदान गर्ने  उहाँले बताउनुभयो । 

यसबाहेक साताब्यापी कार्यक्रमअन्तर्गत १० गते ट्राफिक जनचेतना कार्यक्रम, ११ गते लोथर १ पर्खाल चितवनमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम, १२ गते रिलेशन बृद्धबृद्धा अक्षयकोष स्थापनार्थ सहयोग संकलन कार्यक्रम, १३ गते अन्तर बिद्यालय शिक्षकस्तरिय हाजिरिजवाफ प्रतियोगिता, १४ गते खुल्ला गजल प्रतियोगिता र अन्तर कर्मचारी म्युजिकल चियर प्रतियोगिता र १५ गते बार्षिकोत्सव समापन तथा बृहत साँस्कृतिक उत्सव २०७३ कार्यक्रम तय गरिएको छ । एफ एमले गत बर्ष जेठ १५ गतेबाट प्रसारण शुभारम्भ गरेको थियो । 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC