जेठ १०, रत्ननगर । पुर्वी चितवनको सौराहाचोकमा रहेको रिलेशन एफएम ८८ मेगाहर्जको गौरवमय प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमअन्तर्गत सोमबार दोस्रो दिन सौराहचोकमा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ । साँझ ५ बजेबाट सुरु भएको सो कार्यक्रम झन्डै डेढघण्टा चलेको थियो । कार्यक्रमको उदघाटन जिल्ला ट्राफिक कार्यलय चितवनका प्रमुख राजन भेटवाल र इलाका प्रहरी कार्यलय टाँडिका प्रहरी नायव उपरिक्षक जयराज सापकोटाले सडकमा चलिरहेको सवारी साधनमा चेतनामुलक स्टीकर टाँसेर गर्नुभएको थियो । सो क्रममा ट्राफिक प्रमुख भेट्वालले सार्वजनिक सवारी साधनमा ट्राफिक चेतनाको कमी भइरहेको बेला एफएमले गरेका काम सरहानीय रहेको बताउनुभयो । त्यस्तै इलाका प्रहरी कार्यालय टाँडिका प्रमुख सापकोटाले मिडियाले गरेको कामलाई जनताले बिश्वास गर्ने बताउदै अगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको निरन्तरताको कामना गर्नुभयो । उहाँहरुले रिलेशन एफएमले सफलतापुर्वक पहिलो बर्ष पार गरि दोस्रो बर्ष प्रवेश गर्न लागेकोमा शुभकामनासमेत ब्यक्त गर्नुभयो । कार्यक्रममा एफएमका अध्यक्ष अनिल अधिकारी, प्रबन्ध निर्देशक रमेश लोहनी लगायत सम्पुर्ण कर्मचारी तथा स्थानीयहरुको उत्साहजनक सहभागीता रहेको थियो । उहाँहरुले केहि हदसम्म भएपनि ट्राफिक चेतना जगाउनका लागि एफएमले सो कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
बार्षिकोत्सव कार्यक्रमअन्तर्गत मंगलबार चितवनको बिकट पहाडि गाबिस लोथर १ पर्खालमा निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको छ । साताब्यापी कार्यक्रम जेठ १५ गतेसम्म सञ्चालन हुनेछ ।
Post a Comment