Home » , » पर्खालमा पहिलोपटक पुग्यो रिलेशन, १६० बढिको स्वास्थ्य परिक्षण

पर्खालमा पहिलोपटक पुग्यो रिलेशन, १६० बढिको स्वास्थ्य परिक्षण

Written By Unknown on Wednesday, May 25, 2016 | 8:08 PM

जेठ १२, पर्खाल । रिलेशन एफ ८८ मेगाहर्जको प्रथम बार्षिकोत्सवको साताब्यापी कार्यक्रमअन्तर्गत चितवनको अति नै बिकट स्थान लोथर १ पर्खालमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा लोथर गाविस वडा नं. १ पर्खालसँगै वडा नं. २, ७, ८ र मकवानपुर जिल्लाको काँकडा गाविसका विभिन्न वडाका जनता लाभान्वित भएको कार्यक्रम संयोजक ज्ञानेन्द्र तामाङले जानकारी दिनुभयो । मंगलबार र बुधवार भएको शिविरमा १६० भन्दा बढि स्थानीयको स्वास्थ्य परिक्षण गरिएको उहाँले बताउनुभयो । शिविरमा अधिकांश कुपोषण र सरसफाईको कमीका कारण संक्रमित बिरामीहरु भेटिएको स्वास्थ्य परिक्षणमा संलग्न चिकित्सक डा. भोजराज खनालले बताउनुभयो । उहाँले यस्तो बिकट गाँऊमा पुगेर डाक्टर र अस्पतालको पहुँचबाहिर रहेका बिरामीहरुलाई सेवा गर्न पाउदा अत्यन्तै खुशी लागेको बताउनुभयो ।

शिविरमा स्वास्थ्य परिक्षण सुरु हुनुअघि मंगलबार एक औपचारिक कार्यक्रम गरिएको थियो । एफएमका अध्यक्ष अनिल अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बोल्ने बक्ताहरुले अस्पतालको पहँुच नपुगेका र अस्पतालसम्म आइपुग्न घण्टौ लाग्ने बिकट ठाँऊमा एफएमले पुर्याएको निशुल्क सेवाको प्रशंसा गरेका थिए । त्यस्तै एफएमका अध्यक्ष अधिकारीले हालसम्म कुनै पनि संघ संस्थाले पर्खालमा यस्तो सेवा नदिएको बताउदै आफुहरुले केहि नयाँ गर्न सफल भएकोमा गर्व लागेको बताउनुभयो । त्यस्तै एफएमका प्रवन्ध निर्देशक रमेश लोहनीले निकै कठिन र जोखिमपुर्ण यात्रा गर्दै पर्खाल पुग्न सफल भएको र यो एफएमकै एैतिहासिक सफलता भएको बताउनुभयो ।
एफ एमले बार्षिकोत्सवअन्तर्गत बुधवार रिलेशन बृद्धबृद्धा अक्षयकोष स्थापनार्थ सहयोग संकलन कार्यक्रम गरिएको थियो । सो कार्यक्रम बिहिबार पनि जारी रहने एफएमका अध्यक्ष अधिकारीले बताउनुभयो । त्यस्तै बिहिबार नै अन्तर बिद्यालय शिक्षक स्तरिय कार्यक्रम आयोजना गरिने बताइएको छ । एफएम यहि जेठ १५ गतेबाट दोस्रो बर्षमा प्रवेश गर्दैछ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC