बैशाख ३०, चितवन । चितवनबाट संचालित लोकप्रिय अनलाईन (डिजिटल) पत्रिका नारायणी अनलाईन डटकम आज (बिहीबार)बाट तेस्रो वर्षमा प्रवेश गरेको छ ।नारायणी मिडिया हाउस प्रा.लि.द्धारा वि.सं.२०७१ वैशाख ३० गते आजकै दिनबाट नारायणी अनलाईन डटकम पाठक, दर्शक र श्रोतामाझ आएको थियो । स्थापनाको छोटो समयमै पाठक, दर्शक र श्रोताको मन जित्दै लोकप्रिय बन्न सफल यस अनलाईनले अझै जनतालाई सुसूचित पार्दै अघि बढ्ने जनाएको छ ।प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले चितवनबाट संचालित लोकप्रिय डिजिटल पत्रिका नारायणी अनलाईन डटकमले सत्य, तथ्य र निश्पक्ष समाचार पस्कन सफल भएको बताउनुभएको छ । कार्यक्रमको समापन गर्दै नारायणी मिडिया हाउस प्रा.लि.का अध्यक्ष भानुभक्त खरेलले छोटो समयमै नारायणी अनलाईनले जनतालाई सुसूचित गराउन सफल भएको भन्दै आगामि दिनमा अझै यसलाई व्यवस्थित गर्दै अघि बढाउने बताउनभुयो । उहाँले अब नारायणी अनलाई छिट्टै मोवाईल एप्लीकेशन मार्फत पनि सबैको हातहातमा पुग्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रम अध्यक्ष खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।यस्तै नारायणी मिडिया हाउस प्रा.लि.द्धारा संचालित लोकप्रिय अनलाईन पत्रिका नारायणी अनलाईन डटकमले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा दुई जना संवाददातालाई सम्मान गरेको छ ।वार्षिकोत्सव समारोहमा चितवनमा रहेका संवाददाताहरु मध्ये उत्कृष्ट संवाददाता विकास पौडेल र जिल्ला संवाददाताहरु मध्यकै उत्कृष्ट संवाददाता ज्ञानु पंगेनीलाई सम्मान गरिएको हो ।
नारायणी अनलाइन डटकम तेस्रो बर्षमा
Written By Unknown on Thursday, May 12, 2016 | 6:32 AM
Labels:
Local News,
National News
Post a Comment