जेठ ७, भरतपुर । चितवनमा यसबर्षको गणतन्त्र दिवस भव्य रुपमा मनाउन यहि जेष्ठ १४, १५ र १६ गते ३ दिन हरेक साँझ दिपावली गर्ने निर्णय गरिएको छ । आज जिविस चितवनको सभाहलमा आज राष्ट्र सेवक कर्मचारी राजनैतिक दल, संचारकर्मी नेपाल प्रहरी , नेपाली सेना सहित बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै दिवसकै अवसरमा १४ गते राष्ट्र सेवक कर्मचारीको फुटवल खेल मध्यक्षत्रिय प्रहरी तालिम केन्द्रमा गर्ने र सोही दिन रक्तदान कार्यक्रम गर्ने निर्णय गरिएको छ । त्यस्तै १५ र १६ गते कवडहलमा टेवल टेनिस र १५ गते माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने र संचार माध्यम बाट गणतन्त्र सम्वन्धि संवाद छलफल प्रकाशन र प्रसारण गर्ने र जेष्ठ १५ गते चौविस कोठीमा विहान ७.३० मा राजनैतिक दल र भात्रृसंगठन नेपाल प्रहरी नेपाली सेनाको वाजा गाजा सहित प्रभात फेरी सहित जिविस चितवनको सभाहलमा बिशेष कार्यक्रम गर्ने समेत निर्णय गरिएको छ । बैठकमा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश शिंह प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला विकाश समिति चितवनका स्थानिय विकाश अधिकारी श्रवण कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा राष्ट्र सेवक कर्मचारी, राजनैतिक दल, संचारकर्मी, नेपाल प्रहरी , नेपाली सेना लगायतको सहभागिता रहेको थियो ।
गणतन्त्र दिवसमा तीन दिन दिपावली
Written By Unknown on Friday, May 20, 2016 | 5:55 AM
Labels:
Local News,
National News
Post a Comment