जेठ ७, भरतपुर । चलचित्रका चर्चित नायक सरोज खनाललाई चलचित्र पत्रकार संघ चितवन शाखाले सम्मान गरेको छ । शुक्रबार परेको चलचित्र पत्रकारिता दिवसको अवसरमा संघले खनाल सहित रंग पत्रकार विमल खतिवडालाई समेत सम्मान गरेको हो । जन्म थलो चितवन भई २०४४ सालदेखि कलाकारिता क्षेत्रमा टेवा पु¥याएको भन्दै खनाललाई संघले सम्मान गरेको हो । खनाललाई कदरपत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्व खनालले कार्यक्रममा पत्रकारहरुको कलमले मात्र समाजमा परिवर्तन ल्याउने बताए । आफू कलाकारिता क्षेत्रमा प्रवेश गर्दा सञ्चारमाध्यमले कलाकारलाई खासै मह¤व नदिए पनि अहिले रंगपत्रकारहरुको संगठन खुलेकोमा खुसी व्यक्त गरे । रंगमञ्चमा भएका राम्रा कुरालाई पत्रकारले बाहिर ल्याउँदा कलाकारहरुको मनोबल उच्च हुने हुने हुनाले पनि रंगपत्रकार र कलाकार एकअर्काका परिपूरक भएको खनालले बताए । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले पत्रकारिताको नयाँ विटको रुपमा स्थापना भएको रंगमञ्चले कलाकारहरुलाई यस क्षेत्रमा स्थापित हुन टेवा पुग्ने बताए । पत्रकारहरुको कलम हरेक क्षेत्रमा चल्नुपर्ने भन्दै राम्रो कुरालाई पत्रकारले सधैँ खुलेर लेख्नुपर्ने सिंहको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष दीपेन्द्र बडुवाल, चलत्रि पत्रकार संघ चितवनका सल्लाहकार यज्ञविलास पौडेल, संरक्षक मनोज पन्त, गायक भुवन प्यासीलगायतले मन्तव्य राखेका थिए । चलचित्र पत्रकार संघ चितवन शाखाका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष केशव लोहनीले स्वागत मन्तव्य राखेका थिए ।
अभिनेता सरोज खनाल सम्मानित
Written By Unknown on Friday, May 20, 2016 | 6:01 AM
Labels:
Entertainment,
Local News,
National News
Post a Comment