Home » » सिद्देश्वरीले स्थापना दिवस मनायो, पत्रकार सापकोटा सम्मानित

सिद्देश्वरीले स्थापना दिवस मनायो, पत्रकार सापकोटा सम्मानित

Written By Unknown on Tuesday, May 17, 2016 | 6:23 AM

जेठ ४, रत्ननगर । रत्ननगर २ टाँडीमा रहेको सिद्धेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले आफनो सातौं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा साप्ताहिक कार्यक्रम गरेको सो संस्थाले आज औपचारिक कार्यक्रम गरी दिवस मनाएको हो । सो संस्थाले साप्ताहिक कार्यक्रम अन्र्तगत सेवा क्षेत्र भित्र सरसफाई,शेयर सदस्यलाई सीप मुलक तालिम,महिलाहरुलाई पाठेघर परीक्षण शिविर र विभिन्न खेलकुदका कार्यक्रम सञ्चालन गरेका थियो । कार्यक्रममा खेलकुलमा प्रथम,द्धितीय र तृतीय भएकाहरुलाई पुरस्कार वितरण तथा नयाँ शेयर सदस्यहरुलाई स्वागत समेत गरिएको सह सचिव इन्दु सुवेदीले जानकारी दिईन । ५१ जना शेयर सदस्यहरुबाट २०६६ सालमा स्थापना भएको सो सहकारीको अहिले ३२० जना शेयर सदस्यहरु रहेका छन । संस्थाले स्थानीय स्तरमा आर्थिक विकास संगै सहकारी मार्फत महिलाको जीवनस्तर उकास्ने काम गरिरहेको संस्थाकी अध्यक्ष प्रमिला ढकालले बताईन । स्थापना दिवसको अबसरमा लगानी सुरक्षाको लागि धितो राखेर लगानीको दायरालाई फराकिलो बनाउने योजना रहेको अध्यक्ष ढकालले बताईन । कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य प्रेमनाथ दुवाडी,रत्ननगर उद्योग वाणिन्य संघका अध्यक्ष ज्ञानबहादुर विसुराल,नारी जागरण केन्द्रकी अध्यक्ष विमला दुवाडी,मानब अधिकार संरक्षण मञ्च चितवनकी सदस्य ज्वाला बन,संस्थाकी पूर्व सचिव निता ढकाल,सर्वज्ञ बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष यमनाथ आचार्य,वालबचत कर्ता अमिता कँडेल,शेयर सदस्य राधिका नेपाल लगायतले वोलेका थिए । संस्थाकी अध्यक्ष प्रमिला ढकालको अध्यक्षतामा भएको सो कार्यक्रम सचिव चन्द्रा लामिछानेले सञ्चालन गरेकी थिईन ।यस्तै संस्थाले चितवनका क्रियाशिल युवा पत्रकार होमनाथ सापकोटालाई आज सम्मान गरेको छ । पत्रकारिता मार्फत सहकारीको विकास र महिला सशक्तिकरणको लागि पुर्याएको योगदानको उच्च मुल्याङकन गर्दै सहकारीको सातौं स्थापना दिवसको अबसरमा आयोजित कार्यक्रममा पत्रकार सापकोटालाई नगद सहित सम्मान गरिएको हो । 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC