जेठ ३, रत्ननगर । पत्रकार बिकास पौडेलमाथी सोमबार भएको अभद्र व्यवहारको पुर्वी ्चितवन पत्रकार मंचले घोर भत्सर्ना गरेको छ । मंचले आज एक विज्ञप्ती जारी गर्दै पत्रकार पौडेल माथी खैरहनी नगरपालिकाको कार्यकारी अधिकृत अम्मरनाथ ढकालले गरेको अभद्र व्यवहारको बिरोध गरेको हो।मंचका अध्यक्ष होमनाथ सापकोटाले पत्रकार पौडेल माथी भएको व्यवहार सिङ्गो प्रेस जगतमाथीको प्रहार भएको बताउनुभएको छ।पत्रकारले संबैधानिक अधिकारको प्रयोग गर्दा एउटा जिम्मेवार अधिकृतबाट भएको व्यवहारको मंचले निन्दा गरेको छ।साथै मंचले पुर्ण प्रेस स्वतन्त्रता र सुचनाको हकको ऐन २०६४ को कार्यान्वयन गर्न संबंधित निकायसँग माग गरेको छ।
Home »
Local News
» पत्रकार पौडेलमाथी भएको अभद्र ब्यवहारप्रति मञ्चद्धरा घोर भर्त्सना
पत्रकार पौडेलमाथी भएको अभद्र ब्यवहारप्रति मञ्चद्धरा घोर भर्त्सना
Written By Unknown on Tuesday, May 17, 2016 | 6:20 AM
Labels:
Local News
Post a Comment