Home » , » चितवनका तेक्वान्दो खेलाडीले भूटानमा खेल्ने

चितवनका तेक्वान्दो खेलाडीले भूटानमा खेल्ने

Written By Unknown on Tuesday, May 17, 2016 | 6:26 AM

जेठ ४, रत्ननगर । चितवन जिल्लाका तीनद जना तेक्वान्दो खेलाडीले अन्र्तराष्टि स्तरमा प्रतिस्पर्धा गर्ने अबसर पाएका छन । भुटानको राजधानी थिम्पु शहरमा यही मे २१,२२ र २३ गते  हुने “प्रथम भुटान अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१६“ मा चितवन जिल्लाका खेलाडीहरू सुष्मीता थापा मगर, पार्वती गुरूङ र शिशिर श्रेष्ठले प्रतिस्पर्धा गर्न लागेका हुन । थापाले महिला ४८ केजी तर्फ गुरुङले ५२ केजी तर्फ र श्रेष्ठले पुरूष ५४ केजी तर्फ प्रतिपर्धा गर्ने तेक्वान्दोका अन्र्तराष्टिय प्रशिक्षक किरण श्रेष्ठले जानकारी दिए । जेठ ६ गते भुटान जाने खेलाडीहरुलाई मंगलवार चितवन जिल्ला तेक्वान्दो संघले विदाई गरेको छ । संघका कार्यबहाक अध्यक्ष रोशन खान,सचिव शैलेश श्रेष्ठ, सह सचिव धन बहादुर दराई,सदस्य किरण श्रेष्ठ र रुपेश चौधरीले तेक्वान्दो टिर्सट र खादा लगाएर विदाई गरेका थिए । टप माउण्टेन तेक्वान्दो संघ, हंककङका अध्यक्ष मास्टर गणेश बहादुर गुरूङ र अन्तराष्ट्रिय प्रशिक्षक तथा डोजाङ प्रमुख किरण श्रेष्ठले खेलाडी हरू लाई तेक्वान्दो सामान सहयोग गरेका छन । 

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC