बैशाख २८, रत्ननगर । रत्ननगर १० स्थित शितलटोल विकास संस्था मार्फत स्थानिय समुदायवासीहरुको स्वास्थ्य सेवामा सहयोग पुग्ने उद्देश्यले रत्ननगर उप स्वास्थ्य चौकीमा फ्रिज सहयोग गरिएको छ । लुमन्ति संस्थाबाट प्राप्त भएको १९ हजार ३३५ र रत्ननगर उप स्वास्थ्य चौकीबाट ३ हजार ६६५ रुपैयाको लगानीमा फ्रिज खरिद गरिएको थियो । विभिन्न खोपहरुको लागि नजिकै स्वास्थ्य चौकी भए पनि बजार धाउनुपर्ने अवस्थाबाट स्थानियहरु मुक्त हुने आशा शितल टोल विकास संस्थाका सदस्य अञ्जु श्रेष्ठले बताउनुभयो ।
Home »
Local News
» रत्ननगर उपस्वास्थ्य चौकिलाई फ्रिज सहयोग
रत्ननगर उपस्वास्थ्य चौकिलाई फ्रिज सहयोग
Written By Unknown on Tuesday, May 10, 2016 | 6:24 AM
Labels:
Local News
Post a Comment