बैशाख २८, भरतपुर । भरतपुर उपमहानगरपालिकाको क्षेत्र विस्तारसँगै जनतालाई सेवा प्रवाह सहज होस् भन्ने उद्देश्यले वडा नं १० मा सेवा केन्द्र सुरु गरिएको छ । सो सेवा केन्द्रका उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले उद्घाटन गर्दै सेवा केन्द्रबाट नगरपालिकामा बुझाउनुपर्ने करका अतिरिक्त अन्य सुविधा उपलब्ध गराइने बताए । सेवा केन्द्रबाट घटना दर्ता, सामाजिक सुरक्षा भत्ताको लगत सङ्कलन, धाराबत्तीको सिफारिस तथा रजिस्टेसन प्रयोजनका लागि घरको मूल्याङ्कन समेत क्रमशः गर्दै लगिने छ ।उपमहानगरपालिकाका १४ वडा रहेकामा छिमेकी गाविस समेत जोडेर हाल २९ वटा वडा पु¥याइएको छ । थपिएका सबै भन्दा टाढाका वडावासी नगरपालिकाको कार्यालयसम्म आउनका लागि १९ किमी यात्रा गर्नुपर्ने हुन्छ ।जनताको सुविधाका लागि अन्य दुई स्थानमा पनि सेवा केन्द्रविस्तार गरिने कार्यकारी अधिकृत बरालले बताए । हाल उपमहानगरपालिकामा दुई लाख ५० हजार जनता बसोवास गर्छन् । कार्यक्रममा स्थानीय शान्ति समितिका संयोजक बदी्र तिमिल्सिना, नेपाली काँग्रेस भरतपुर नगरसमितिका सभापति भरत अधिकारी, नेकपा ९एमाले०का अरुणपीडित भण्डारी, एकीकृत नेकपा (माओवादी)का खेमलाल भण्डारी लगायतले स्थानीय निकायले जतिसक्दो सहज ढङ्गबाट सुविधा दिनुपर्नेमा जोड दिए।
Home »
Local News
» भरतपुर उपमहानगरपालिकाको सेवा केन्द्र बिस्तार
भरतपुर उपमहानगरपालिकाको सेवा केन्द्र बिस्तार
Written By Unknown on Tuesday, May 10, 2016 | 6:32 AM
Labels:
Local News
Post a Comment