Home » » सुकुम्बासी संघ चितवनमा गोकुलको नेतृत्व

सुकुम्बासी संघ चितवनमा गोकुलको नेतृत्व

Written By Unknown on Sunday, May 8, 2016 | 12:11 AM

चितवन, २५ बैशाख । अखिल नेपाल सुकुम्बासी संघ चितवनको अध्यक्षमा खिमनाथ सुवेदी (गोकुल) सर्वसहमत चयन भएका छन् । संघको जिल्ला सदरमुकाम भरतपुरमा सम्पन्न तेश्रो अधिवेशनले सुवेदीको अधयक्षतमा ३१ सदस्ययी नयां कार्यसमिति भयन गरेको हो ।
जसको उपाध्यक्षहरुमा धन लामा र मिरा चौधरी, सचिवमा विष्णु ब्हादुर तामाङ्ग, कोषध्यक्षमा रामलाल ब्लोन, सह–सचिवमा अर्जुन थापा र सह–कोषध्यक्षमा ऋषि पोख्रेरल रहेका छन् ।
संघकी अध्यक्ष फुलमाया लिम्बु (पुष्पा) अध्यक्षतामा सम्पन्न अधिवेशनमा संघका केन्द्रिय अध्यक्ष दिपक राई प्रमुख अतिथि रहेका थिए । सो अवसरमा बोल्दै केन्द्रिय अध्यक्ष राईले सुकुम्वासीहरुको समस्या समाधान गर्न उच्च स्रीय संयन्त्र बनाउनु पर्ने बताए । यस्तै सबै सुकुम्वासी एकजुट हुनुपर्ने बताउदै राई अब हरेक गाउ–गाउमा संगठन विस्तार गर्न कार्यकर्तालाई निर्देशन पनि दिए ।  अधिवेशन आयोजक समितिका सदस्य विष्णु बहादुर तामाङ्गले स्वागत मन्तव्य व्यक्त गरेको सभामा एमाओवादी चितवनका ईन्चार्ज ईश्वरी भट्टराई, जिल्ला अध्यक्ष यमबहादुर परियार ईन्द्रजित, केन्द्रिय परिषद् सदस्य घनश्याम दाहाल अविनाश, संघका केन्द्रिय उपाध्यक्ष तथा ३ नं. प्रदेश संयोजक टिकाराम गुरुङ्ग लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC