Home » » धादिङमा भुकम्पको पराकम्प

धादिङमा भुकम्पको पराकम्प

Written By Unknown on Tuesday, May 10, 2016 | 8:25 PM

बैशाख २९, धादिङ । धादिङको मापार्क आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरको परकम्प गएको छ । विहान  ७ बजेर ४ मिनेट जाँदा ४ दशमलव ४ रेक्टरको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
धादिङमा परकम्पको ठूलो धक्का महशुस गरिएको छ । परकम्पको धक्का काठमाण्डू उपत्यका र आसपासका जिल्लामा पनि महशुुस गरिएको थियो ।
गोरखाको बारपाक केन्द्र विन्दु भएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछि अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथिका ४५३ पटक परकम्प गइसकेको छ ।
यसअघि वैशाख २३ गते गोरखा र धादिङको सीमा क्षेत्रमा ४ दशमलव १ रेक्टरको परकम्प गएको थियो । 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC