जेठ १, रत्ननगर । रत्ननगरको जिरौनामा मोवाईल मर्मत, कुशन बनाउने र लेखा सम्बन्धी तालिम शनिबारदेखी सुरु भएको छ । वडा नागरीक मंच उपभोक्ता समितिको आयोजनामा सुरु भएको तालिमको रत्ननगर नगरपालिकाका लेखा अधिकृत सिताराम पोखरेलले उद्घाटन गरे । वडा नागरीक मंचकी अध्यक्ष निर्मला खड्का अनुसार मोवाईल मर्मत ३ महिने,कुशन वनाउने १० दिने र लेखा सम्वन्धी तालिम ३ दिन सम्म चल्ने छ । मोवाईल मर्मतमा १५, कुशन निर्माणमा २० र लेखा सम्वन्धी तालिममा २५ जना सहभागी छन् । सो तालिममा कृष्ण खनाल, विनोद अधिकारी र गंगा श्रेष्ठले सहजीकरण गर्नेछन् । वडा नागरीक मंचकी अध्यक्ष खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थापक नगर प्रमुख नारायण वन,निर्मला दंगाल लगायतले मन्तव्य राखेका थिए ।
Home »
Local News
» जिरौनामा मोबाइल मर्मत, कुशन बनाउने तालिम
जिरौनामा मोबाइल मर्मत, कुशन बनाउने तालिम
Written By Unknown on Saturday, May 14, 2016 | 5:38 AM
Labels:
Local News
Post a Comment