जेठ १, रत्ननगर । सिद्धेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले आफनो सातौं वार्षिकोत्सवमा विभिन्न समाजिक कार्यक्रम गरेको छ । सप्ताहव्यापी कार्यक्रम अन्र्तगत सो संस्थाले सरसफाई,निशुल्क स्वास्थ्य शिविर र विभिन्न खेलकुदका कार्यक्रम गरेको छ । बार्षिकोत्सवको अबसरमा शनिवार सो सहकारीले शेयर सदस्य र बचतकर्ताहरु बीच मनोरञ्जनात्मक म्यूजिकल चियर र तातो आलु प्रतियोगिता गराएको छ । सहकारीले वालबचत कर्ता र शेयर सदस्यहरुलाई म्यूजिकल चियर प्रतियोगिता गराएको हो । वालबचत तर्फ ४ देखि १० उमेर समुह र ११ देखि १६ उमेर समुहका वालवालिकालाई प्रतियोगिमा समावेश गरिएको थियो । ४ देखि १० उमेर समुहको प्रतियोगितामा सिद्धिका लम्साल प्रथम, ११ देखि १६ उमेर समुहको प्रतियोगितामा प्रभास आचार्य प्रथम र शेयर सदस्यहरु बीच भएको म्यूजिकल चियर प्रतियोगितामा प्रमिला ढकाल प्रथम भएको संस्थाकी सहसचिव इन्दु सुवेदीले जानकारी दिईन । तातो आलु प्रतियोगितामा अनिसा कँडेल प्रथम भएको उनले जानकारी दिईन ।
Home »
Local News
» सिद्धेश्वरीको बार्षिकोत्सवमा समाजिक कार्यक्रम
सिद्धेश्वरीको बार्षिकोत्सवमा समाजिक कार्यक्रम
Written By Unknown on Saturday, May 14, 2016 | 5:40 AM
Labels:
Local News
Post a Comment