जेठ १, रत्ननगर । युवासंघ नेपाल क्षेत्रीय कमिटीले रत्ननगर १५ माधवपुरमा रहेको विन्देश्वरी निमाविको प्राङगढमा आज वृक्षारोपण गरेको छ । युवा संघको २३ औं स्थापना दिवसको अबसरमा क्षेत्रीय कमिटीले विद्यालयमा वृक्षारोपण गरेको हो । रत्ननगर नगरपालिकामा सञ्चालित वातावरणमैत्री स्थानीय शासन कार्यक्रमको सहयोगमा युवासंघले विद्यालयको हाताभित्र धुपी,असोक,आप,लिच्ची,मसला गरी १०० भन्दा बढि विरुवा रोपेको नेकपा एमाले क्षेत्रीय कमिटी सदस्य सरस्वती लामाले जानकारी दिईन । एमालेका वैकल्पीक केन्द्रीय सदस्य कृष्ण प्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा जिल्ला सचिवालय सदस्य नारायण वन,नगर कमिटी अध्यक्ष प्रेमनाथ दुवाडी,विद्यालयका प्रधानाध्यापक भिमप्रसाद खनाल,जिल्ला कमिटी सदस्य चन्द्रकान्त न्यौपाने,वातावरणमैत्री स्थानीय शासन कार्यक्रमकी अधिकृत सन्ध्या रिजाल लगायतले वोलेका थिए । कार्यक्रम युवा संघका क्षेत्रीय अध्यक्ष आशिक तामाङको अध्यक्षतामा भएको थियो ।
Home »
Local News
» युवासंघद्धरा माधवपुरमा बृक्षारोपण
युवासंघद्धरा माधवपुरमा बृक्षारोपण
Written By Unknown on Saturday, May 14, 2016 | 5:48 AM
Labels:
Local News
Post a Comment