जेठ ४, रत्ननगर । वैशाख महिनामा मात्रै विद्युत चुहावटमा सलग्न १ सय ७३ जना कारवाहीमा परेका छन् । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टाँडी शाखाले गरेको विषेश छड्के चेकजाँच अभियानमा उनीहरु कारवाहीमा परेका हुन् । कारवाहीमा परेकाहरुबाट ९ लाख ९६ हजार ९२३ रुपैया राजस्व संकलन गरेको प्राधिकरणका सहइन्जिनियर तीर्थराज पौडेलले जानकारी दिए । नेपाल सरकारले वैशाख महिनालाई चुहावट नियन्त्रण अभियान महिना घोषणा गरे अनुरुप टाँडी शाखाले यो अवधिमा उनीहरुलाई नियन्त्रणमा लिएर कारवाही गरेको हो । प्राधिकरणले नेपाल प्रहरी र शशस्त्र प्रहरीको सहयोगमा उनीहरुलाई नियन्त्रणमा लिएको थियो । सो प्राधिकरणले चालु आर्थिक वर्षको वैशाख सम्म भने कुल २ सय ४० जना विद्युत चुहावटमा सलग्नलाई कारवाही गरेको सहइन्जिनियर पौडेलले वताए । चितवनको पुर्वी क्षेत्रमा हुकिङ,मिटर वाईपास गरेर विद्युत चोरी हुने गरेको छ ।
Home »
Local News
» बैशाखमा बिद्युत चोरी गर्ने १७३ जना कारबाहिमा
बैशाखमा बिद्युत चोरी गर्ने १७३ जना कारबाहिमा
Written By Unknown on Tuesday, May 17, 2016 | 6:12 AM
Labels:
Local News
Post a Comment